काठमाडौँ, ९ पौष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अध्ययन गरेर मात्र एमसीसी सदनबाट पारित गर्नु बताएका छन् ।
‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं ,’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्स्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्वीकार्दैनौं।’
एमसीसी पास गर्ने अधिकार जनतामा रहेको त्यो विषयमा जनतामा लैजानु पर्ने अध्यक्ष नेपालले बताए ।




