माओवादी र नेकपा मसालबीच पार्टी एकता घोषणा

`

     २०७८ पौष ०९ गते १०:५६

काठमाडौँ, ९ पौष । नेकपा ९माओवादी केन्द्र० र नेकपा मसाल ९सम्पर्क केन्द्र०बीच पार्टी एकता भएको छ ।

शुक्रबार काठमाडौंको वल्र्ड ट्रेड सेन्टरमा आयोजित घोषणा कार्यक्रममा दुवै पार्टीबीच एकता भएको हो । एकता पत्रमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा नेपाली जनताका बलिदानीपूर्ण प्राप्त भएको गणतन्त्रलगायतको रक्षा गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरिने भनिएको छ । सामन्तवादका अवशेषहरुको अन्त्य र दलाल पुँजीवादसँग सम्झौताहीन संघर्षबाट मात्र समाजवादी क्रान्तिको यात्रा थालनी हुने विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?