काठमाडौँ , ९ पौष । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको छ ।
यस अघि विहिबार सुन तोलाको ९३ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहि प्रतितोला १२६० मा कारोबार भैरहेको महसंघले जनाएको छ ।




