थप २९३ संक्रमित, २ जनाको मृत्यु

`

     २०७८ पौष ०८ गते १०:५२

काठमाडौँ, ८ पौष । नेपालमा थप २९३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६३ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार १६१ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?