काठमाडौँ, ७ पौष । पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २७२ जना निको भएका छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ भने ८ लाख ९ जहार ३५९ जना संक्रमणमुक्त भएका छन् ।




