एजेन्सि, ७ पौष । चीनको रेडक्रस संस्थाले अफगानिस्तानलाई पठाएको मानवीय सहायतासम्बन्धी सामग्री मंगलबार अफगानिस्तानको राजधानी काबुलमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।
ती सामग्री अफगानिस्तानको रेड क्रिसेन्टलाई हस्तान्तरण गरिएको हो ।काबुलमा मंगलबार आयोजना गरिएको एक कार्यक्रममा ती सामग्रीहरु चीनको रेडक्रस सोसाइटीले अफगानिस्तानको रेड क्रिसेन्ट सोसइटीलाई हस्तान्तरण गरेको हो ।
अफगानिस्तानका लागि करिब १ हजार ५ सय टन सामग्री पठाइएको चिनियाँ अधिकारीले जनाएका छन् । यी सामग्रीहरूमा खाद्यान्न र लत्ता कपडा रहेका छन् । जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरू पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ ।
अफगानिस्तानका तालिबानहरूले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ ।




