सुनको घट्यो, प्रतितोलाको कति ?

`

     २०७८ पौष ०७ गते ५:१०

काठमाडौँ, ७ पौष । बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४ सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको छ ।

यस अघि मंगलबार सुन तोलाको ९३ हजारमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा वृद्धि आएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैंयाँले बढेर १२४५ मा कारोबार भैरहेको महसंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?