किसानले लुटे साढे ३ सय बोरा गहुँको बीउ

`

     २०७८ पौष ०६ गते ७:४३

काठमाडौँ, ६ पौष । सिरहाको औरही गाउँपालिकाको अस्पताल परिसरमा राखिएको गहुँको बीउ किसानले लुटेर लगेका छन् ।

बीउका लागि लाइनमा लागे पनि समयमा वितरण नगरेको, कसैलाई धेरै, कसैलाई थोरै मल दिएको, प्रहरीबाट दमन गर्न लगाएको आरोप लगाउँदै किसानहरुले बीउ लुटेर लगेको औरही गाउँपालिकाका जनमत पार्टीका नेता दीपेन्द्र यादवले बताए । गाउँपालिका कृषि शाखाका प्रमुख राजदेव यादवका अनुसार किसानले साढे ३ सय बोरा लुटेर लगेका छन् ।

११ बजेदेखि गहुँको बीउ वितरण गरिने भनेर किसानहरुलाई बोलाइएको थियो । वितरण स्थलमा सुरक्षाका लागि सशस्त्र प्रहरी आउन ढिला हुँदा किसानहरुले ताला तोडेर बीउ लुटेर लगेको प्रमुख यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?