नयाँ वानेश्वरमा आगलागी

`

     २०७८ पौष ०५ गते १०:०५

काठमाडौँ, ५ पौष । नयाँ वानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका एसएसपी सुदीप गिरीका अनुसार केहीबेर अघि मात्रै आगलागी भएको जानकारी आएकोले प्रहरी खटिएको छ । आगलागी नियन्त्रणका लागि दमकल पुगिसकेको छ ।

आगो लाग्नुको कुनै कारण खुलेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?