त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय ३३ ग्राम सुनसहित विदेशी नागरिक पक्राउ

`

     २०७८ पौष ०५ गते ७:१५

काठमाडौँ, ५ पौष । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ३ सय ३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बंगलादेशी नागरिक ३५ वर्षीय अस्राफुल इजलाम रहेका छन् ।

हिमालयन एअरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच गर्नेक्रममा उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट पहेलो धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी ३ सय ३३ ग्राम सुन बरामद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?