काठमाडौँ, ५ पौष । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार आज कोभिसिल्ड र भेरोसोल गरी ३० लाख ७२ हजार डोज खोप आउन लागेको हो ।
आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार भारतबाट १८ लाख ७० हजार ५०० डोज कोभिसिल्ड र चीनबाट १२ लाख १ हजार ८८७ डोज भेरोसेल खोप नेपाल आउने भएको हो ।
‘हामीले पहिला कन्फर्म गरेको भेरोसेल खोपलाई पहिला ल्याउँछौँ भनेर पत्राचार गरेका छौँ,’ स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले भने । हालसम्म खोप भण्डारणमा कुनै समस्या नभएको उनले बताए ।




