२८ सय मत गणना हुँदा कसको कति मत ?

`

     २०७८ पौष ०४ गते ९:३१

काठमाडौँ, ४ पौष । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको करिब २८ सय मत गणना सकिएको छ ।

पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म २८ सय मत गणना हुँदा डा. शशांक कोइराला पहिलो स्थानमा छन् । उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रमेश लेखक छन् ।

धेरै मत पाउने ५ जनाको सूची हेर्नुहोस् :-

१. शशांक कोइराला २२०८
२. एनपी साउद १७१६
३. बालकृष्ण खाँण १६७६
४. उदयशम्शेर राणा १६२५
५. रमेश लेखक १६१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?