अफगानिस्तानबारे छलफल गर्न इस्लामिक मुलुकका विदेशमन्त्रीहरु पाकिस्तानमा

`

     २०७८ पौष ०४ गते ८:३७

काठमाडौँ, ४ पौष । इस्लामिक सहयोग संगठनमा आवद्ध मुलुकका विदेशमन्त्रीहरुको विशेष सत्र पाकिस्तानमा सुरु भएको छ ।

इस्लामावादस्थित संसद भवनमा ५७ सदस्यीय इस्लामिक सहयोग संगठन (ओआईसी)का विदेशमन्त्रीको विशेष सत्र सुरु भएको पाकिस्तानी समाचार माध्यमले डन डटकमले उल्लेख गरेको छ।

विशेष सत्रमा २० राष्ट्रका विदेशमन्त्री, १० राष्ट्रका उप-विदेशमन्त्री र बाँकी मुलुकका वरिष्ठ अधिकारी सहभागी भएका छन्। त्यस्तै राष्ट्रसंघ, अन्तर्राष्ट्रिय वित्तीय संस्था, अन्तर्राष्ट्रिय संघ-संगठनसहित जापान र जर्मनीका प्रतिनिधि समेत विशेष सत्रमा सहभागी भएका छन्।

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कूरेशीले विशेष सत्रको उद्घाटन गर्दै सारा विश्वलाई अफगान नागरिकको पक्षमा उभिन अपील गरेका छन् । उनले अफगानिस्तानमा जारी मानवीय एवं खाद्य संकट समाधान नभएकोमा समेत चिन्ता व्यक्त गरे ।

‘अफगानी नागरिकको कठिनाइ र पीडा अझै पनि सहज नहुनु दुस्खद कुरा हो’, कूरेशीले भने, ‘यो संगठन (ओआईसी)ले सँधै मानव अधिकारको समर्थन गर्दै आएको छ र बाँकी मुलुकलाई उनीहरूको आर्थिक एवं घरेलु बाध्यताबाट माथि उठ्न अपिल गरेको छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?