थप २६९ जनामा कोरोना सङ्क्रमण, ३ जनाको मृत्यु

`

     २०७८ पौष ०२ गते १०:३४

काठमाडौँ, २ पौष । पछिल्लो २४ घण्टामा नेपालमा २६९ जना कोरोना संक्रमित भएका छन् । योसंगै सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेको छ ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ४४५ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा हालसम्म ९ लाख ५ हजार ९०२ पुगेको छ ।

२४ घण्टामा २७० जना संक्रमणमुक्त भएका छन् ।

थप ३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?