महामन्त्रीमा गगन र विश्वप्रकाशको जित

`

     २०७८ पौष ०१ गते ९:५४

काठमाडौँ, १ पौष । कांग्रेसको १४ औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् ।

गगनले सबैभन्दा बढी ३०२३ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित हुने भएका छन् । परिणामअनुसार उनले १९८४  मत प्राप्त गरेका छन् ।

सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।

त्यस्तै तेस्रो र चौथो स्थानमा क्रमशस् प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् ।

महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् ।

सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?