एजेन्सि, २९ मंसिर । बुधबार दिउँसो हङकङको ३८ तले वर्ल्ड ट्रेड सेन्टरमा आगलागी भएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार इलेक्ट्रिकल स्विच रूमबाट सुरू भएको आगलागीले भवनभरि धुँवा फैलिएको छ।
उक्त भवनको पार्किङ र केही तलामा पुनर्निर्माणको काम भइरहेको थियो। बुधबार दिउँसोको खाना खाने बेलामा आगलागी भएको हो।
अहिलेसम्म १२ सयभन्दा बढी मानिसलाई बाहिर निकालिएको छ भने १३ जना घाइते भएका छन्। तीमध्ये केहीलाई अस्पताल भर्ना गरिएको छ।
अधिकारीहरूले अहिले आगो नियन्त्रणमा आइसकेको बताएका छन्।




