नयाँ नियम अनुसार माल्टामा गाँजा प्रयोग गर्न तथा बोक्न पाइने

`

     २०७८ मंसिर २९ गते ६:०२

एजेन्सि, २९ मंसिर । माल्टा व्यक्तिगत प्रयोगका लागि गाँजा लगाउन र बोक्न पाइने पहिलो युरोपेली मुलुक बनेको छ।

माल्टाको संसदले मंगलबार गाँजासम्बन्धी नयाँ कानुनमा व्यक्तिगत प्रयोगका लागि ७ ग्रामसम्म गाँजा बोक्न पाइने र घरमा चार वटा बोट लगाउन पाइने व्यवस्था रहेको बिबिसीले उल्लेख गरेको छ।

संसदमा नयाँ कानुनका पक्षमा ३६ र विपक्षमा २७ मत परेको थियो। नयाँ कानुनले सार्वजनिक स्थल र १८ वर्षमूनिका केटाकेटीका सामू भने गाँजा तान्न प्रतिबन्ध लगाएको छ।

माल्टाका विपक्षीहरूले भने यो कानुन राष्ट्रपतिले अनुमोदन गर्न नहुने बताइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?