डिसेम्बर १५ देखि अस्ट्रेलियाले सीमा खोल्दै, प्रतिबन्धात्मक व्यवस्थालाई थप खुकुलो पार्दै लाने

`

     २०७८ मंसिर २८ गते १०:११

काठमाडौँ, २८ मंसिर । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा भोलि (डिसेम्बर १५) देखि खुल्ने भएको छ।

यसअघि जारी गरेको सीमा नीतिमा कुनै परिवर्तन नहुने भन्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबारबाट सिमा खुल्ने जानकारी दिए।

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको बारेमा अध्ययन गर्न भन्दै सीमा खोल्ने नीतिलाई दुई साता पछाडि सारेको थियो।

प्रधानमन्त्री मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका अन्य तोकिएका भिसाधारीले स्थास्थ्य नियमन पुरा गरेर अष्ट्रेलिया आउनसक्ने विषयमा कुनै फेरबदल नगरिएको स्पष्ट पारे।

‘हामी फेरि लकडाउनमा फर्किन चाहन्नौं, कोही पनि चाहँदैनन्,’ स्वास्थ्य मन्त्री ग्रेग हन्टले भने, ‘नयाँ भेरियन्टको प्रभाव अध्ययन गर्न कम्तीमा दुई साता लाग्ने भएकोले त्यसकै लागि समय थपेका थियौं, प्रतिबन्ध थप गर्ने कुनै योजना छैन।’

यसअघि अष्ट्रेलिया सरकारले डिसेम्बर १ देखि करिब दुई लाख हाराहारीमा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया भित्र्याउने योजना अनुसार सिमा खोल्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री मोरिसनका अनुसार क्रमशः अन्य प्रतिबन्धात्मक व्यवस्थालाई थप खुकुलो पार्दै लगिने बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?