चीनमा पनि भेटियो ओमिक्रोन

`

     २०७८ मंसिर २८ गते ७:१६

काठमाडौँ, २८ मंसिर । चीनमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको छ । उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेको हो ।

विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि भएको चिनियाँ अधिकारीले बताएका छन् । हाल क्वारेन्टाइनमा राखेर संक्रमित व्यक्तिको उपचार भइरहेको छ ।

पूर्वी प्रान्त झेजियाङमा पछिल्ला हप्ता डेल्टा भेरियन्टका संक्रमित बढिरहेको देखिन्छ । डेल्टा भेरियन्टको बढ्दो संक्रमणसँगै ओमिक्रोन भेटिएपछि कोभिड संक्रमण शून्यमा झार्ने चिनियाँ रणनीतिसामु ठूलो चुनौती खडा हुन सक्ने बताइएको छ ।

पहिलो पटक दक्षिण कोरियामा पहिचान गरिएको ओमिक्रोन चीनसहित हालसम्म ६० भन्दा बढि मुलुकमा फैलिइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?