सभापति पदको अन्तिम मत परिणाम, बहुमतबाट चुके देउवा

`

     २०७८ मंसिर २८ गते ५:२६

नेपाली कांग्रेसको निर्वाचन समितिले १४औं महाधिवेशनको सभापति पदको अन्तिम मत परिणाम घोषणा गरेको छ। सो घोषणा अनुसार शेरबहादुर देउवाले २२५८ मत पाएको छन्। यो मत प्राप्त मतमध्ये ४८.२३ प्रतिशत हो।

यस्तै सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७२९ मत पाएका छन्। यो ३६.९३ प्रतिशत हो।

यस्तै प्रकाशमान सिंहले ३७१ मत पाएका छन्। उनले ७.९२ प्रतिशत मत पाएका छन्।

यस्तै विमलेन्द्र निधिले २४९ मत पाएका छन्। उनले ५.३१ प्रतिशत मत पाए।

यस्तै सबैभन्दा थोरै कल्याण गुरूङले २० मत पाए। उनले कुल ०.०४ प्रतिशत मत पाए।

कुल खसेको ४६८१ मतमध्ये ७७ मत बदर भएको महाधिवेशन मिडिया सेन्टरका संयोजक सुरेश आचार्यले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?