महतोलाई ‘पर्यावरणीय शहिद’ घोषणा गर्न माग गर्दै आन्दोलन तय

`

     २०७६ माघ २८ गते ६:१०

धनुषा, २८ माघ । पर्यावरण संरक्षणमा कार्य गर्ने क्रममा ज्यान गुमाएका दिलिप महतोलाई न्याय दिलाउनका लागि आन्दोलन गर्ने भएको छ ।

सोमबार जनकपुरमा पत्रकार सम्मेलन आयोजना गरी मृतक महतोलाई पर्यावरणीय शहिद घोषणाको माग गर्दै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको हो ।

काठमाडौंदेखि जनकपुरलगायत देशभर नै सरकारलाई दबाव दिँदै स्वर्गीय महतोलाई पर्यावरणीय शहिद घोषणा गराउन विभिन्न अभियानहरु चलाउँदै आएका छन् ।

दिलीपकुमार महतोको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गर्न र गराउनका लागि फरार आरोपीहरुहरुलाई तत्काल पक्राउ गर्न यस अभियानले ७ सदस्यीय संघर्ष समिति समेत गठन गरेको बताइएको छ ।

समितिले पहिलो चरणको संघर्षको कार्यक्रमहरु सार्वजनिक गर्दै माघ २९ गते ढल्केवरमा विरोध प्रदर्शन गर्नेछन् । यसैगरी फागुन १ गते सिरहाको लहान, फागुन २ गते महोत्तरीको बर्दिवास, फागुन ३ गते सर्लाहीको लालबन्दी र काठमाडौँको माइतीघर मण्डला, फागुन ४ गते रौतहटको चन्द्रनिगाहपुर, फागुन ५ गते बाराको सिमरा र फागुन ६ गते पर्साको विरगंजमा विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?