एजेन्सि, २४ मंसिर । मेक्सिकोमा सडक दुर्घटनामा परी कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । विहीबार दक्षिणी राज्य चियापासमा ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा दुर्घटना भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दू हो।
‘अहिलेसम्म ५३ जनाको मृत्यु भइसकेको छ र तीन जना गम्भीर घाइते छन्’, स्थानीय कार्यालयले जनाएको छ ।
आप्रवासीहरू ट्रकमा ठोक्किदा उक्त दुर्घटना भएको नागरिक सुरक्षा अधिकारीहरूले पत्रकारहरूलाई भनेका छन् । ‘बाँचेकाहरूको बयान अनुसार, तिनीहरूमध्ये अधिकांश ग्वाटेमालाका हुन्’, लुइस म्यानुएल गार्सियाले भने ।
चालकले गाडीको तीव्र नियन्त्रण गुमाएका कारण दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।




