advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई सोमबार घुससहित नियन्त्रणमा लिएको बताइएको छ। वडा सदस्य अधिकारीमार्फत इञ्जिनियर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस र कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको बहानामा घुस माग गरिरहेको जनाइएको छ ।

दुवै जनालाई नगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरिएको हो । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले अनुसन्धान भइरहेको जनाइएको छ ।

" /> तनहुँमा इञ्जिनियर र वडा सदस्य घुससहित नियन्त्रणमा - Sarbocha Media

तनहुँमा इञ्जिनियर र वडा सदस्य घुससहित नियन्त्रणमा

`

     २०७६ माघ २८ गते ५:३४

तनहुँ, २८ माघ । तनहुँमा इञ्जिनियर र वडा सदस्य घुससहित नियन्त्रणमा लिएको छ । भानु नगरपालिकाका इञ्जिनियर सुकदेव अधिकारी र वडा नम्बर १३ का सदस्य कृष्णबहादुर अधिकारी ७५ हजार घुससहित पक्राउ परेका हुन् ।

advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई सोमबार घुससहित नियन्त्रणमा लिएको बताइएको छ। वडा सदस्य अधिकारीमार्फत इञ्जिनियर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस र कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको बहानामा घुस माग गरिरहेको जनाइएको छ ।

दुवै जनालाई नगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरिएको हो । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?