काठमाडौं, २८ माघ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बुस्ने भएकाे बताइएको छ ।
अधिकांश नेताहरुले गच्छदारको मुद्दा आफैंले लड्नुपर्ने भनेपछि कांग्रेसले मंगलबार बिहान संसदीय दलको बैठक बोलाएको हो ।
सोमबार बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा अधिकांश नेताहरुले गच्छदारको मुद्दा उनी आफैँले लड्नुपर्ने धारणा राखेका थिए ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा पार्टी उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई मुद्दा चलाइएपछि कांग्रेसले बैठक स्थगित गर्दै आएको छ ।

आज दिउँसो एक बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ । यो भन्दा अगाडि कांग्रेस संसदीय दलको बैठक बस्ने भएको हो ।




