काठमाडौँ, मंसिर १७ । काठमाडौंको नयाँबजारस्थित प्राइम कलेज नजिकै एक गार्मेन्टमा आगलागी भएको छ ।
शुक्रबार दिउँसो २ बजेपछि भएको आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन ।
आगो नियन्त्रणका लागि अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोली र एम्बुलेन्स पुगिसकेका छन् । प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी सहायक निरीक्षक तर्क बिकका अनुसार घटनास्थलमा अहिले आगो निभाउने काम भइरहेको छ ।




