अमेरिकामा ओमिक्रोन भेरियन्ट फैलन थाल्यो, ५ राज्यमा ओमिक्रोन फेला

`

     २०७८ मंसिर १७ गते ७:३२

एजेन्सी, १७ मंसिर । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन अमेरिकाको ५ राज्यमा भेटिएको छ ।

अमेरिकी समाचार माध्यमका अनुसार क्यालिफोर्निया, हवाइ, मिनेसोटा, न्युयोर्क र कोरोराडोमा ओमिक्रोन भेटिएको हो । अहिलेसम्म १० जनामा ओम्रिकोन भेरियन्ट भेटिएको छ ।

ओम्रिकोन देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरू घोषणा गरेका छन् । बाइडेनले बिहीबार सार्वजनिक गरेको यात्रासम्बन्धी नियममा विदेशी यात्रुले अमेरिका प्रवेश गर्नुभन्दा २४ घण्टा अगाडि अनिवार्य कोभिड परीक्षण गर्नुपर्ने समेत उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?