कांग्रेसले डेढ लाख पदमा छान्यो नयाँ नेतृत्व, नेतृत्वमा खसआर्य समुदाय हाबी

`

     २०७८ मंसिर १६ गते ७:५६

काठमाडौँ, मंसिर १६ । कांग्रेसको १४ औं महाधिवशेनअन्तर्गत अहिलेसम्म करिब १ लाख ५० हजार पदको निर्वाचन भएको छ । केन्द्रीय प्रचार विभागकाअनुसार वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला तथा क्षेत्रीय, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत गरी अहिलेसम्म करिब १ लाख ५० हजार पदको निर्वाचन प्रक्रिया पूरा भएको हो । तीमध्ये ९४ प्रतिशत पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

‘अहिलेसम्म करिब डेढ लाख पदमा नेतृत्व चयन भइसक्यो । अझै त्यो संख्या बढ्दो छ,’ विश्वप्रकाश शर्माले भने, ‘त्यसमध्ये ६ प्रतिशत पदमा मात्रै चुनावी प्रतिस्पर्धा भएको छ भने बाँकीमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।’

कांग्रेसले देशैभरी अधिकांस वडा र पालिकाको नेतृत्वमा सर्वसम्मत नेतृत्व गरेको छ । त्यस्तै, कतिपय प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

उनका अनुसार नेतृत्वमा पुगेकामध्ये ६८ हजार ८३२ जना खसआर्य समुदायका छन् । त्यस्तै, थारु समुदायका ५ हजार ८ सय २७, अपांगता भएका १ हजार ८ सय ६४ र आदिवासी जनजाति समुदायका ४१ हजार २ सय ५६ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?