एयरबस ए ३४० जहाज अन्टार्टिकामा इतिहासमै पहिलो पटक अवतरण

`

     २०७८ मंसिर १४ गते ७:५५

एजेन्सि,१४ मंसिर । अन्टार्टिका महादेशमा एयरबस ए३४० नामक जहाज इतिहासमै पहिलो पटक अवतरण भएको छ।

पोर्चुगलको वायुसेवा कम्पनी हाई फ्लाई ८०१ को जहाज गत नोभेम्बर २ मा दक्षिण अफ्रिकाको केप टाउनबाट उडेको थियो। त्यस जहाजका पाइलट कार्लोस मिरपुरी थिए। कार्लोस हाई फ्लाई कम्पनीका उपप्रमुख हुन्।

उनले पहिलो पटक एयरबस ए३४० जहाज अन्टार्टिकामा अवतरण गरी इतिहास रचेको सिएनएनले जनाएको छ। केप टाउनबाट ४५०६ किलोमिटरको यात्रा गरी सो जहाज आफ्नो गन्तव्यमा पुगेको थियो।

हाई फ्लाई कम्पनीले एयरक्राफ्ट तथा चालक दल भाडामा दिनेदेखि बीमा, मर्मतको काम गर्छ। आफ्नो जहाज अन्टार्टिकामा अवतरण गरेको भिडिओ हाई फ्लाईले आफ्नो युट्युबमा पनि राखेको छ।

जहाजका पाइलटका अनुसार महिनौंदेखिको तयारीपछि अन्टार्टिकामा सफल अवतरण भएको हो। त्यहाँ झण्डै तीन घण्टा बसेर उक्त जहाज पुनस् केप टाउन फर्किएको थियो।

जहाज अन्टार्टिकाको पर्यटन कम्पनी ह्वाइट डेजर्टका मालिक वुल्फ्स फ्याङको जग्गामा अवतरण गरिएको थियो। जहाजले उनको रिसोर्टको लागि चाहिने सामग्री पनि बोकेको थियो।

हिउँले भरिएको धावनमार्ग सी लेभलको विमानस्थलको जस्तो हो। तर विमानस्थल भने होइन। त्यसको अर्थ त्यहाँ विशिष्ट चालक दलले मात्रै जहाज उडाउन सक्छन्।

अन्टार्टिकामा पहिलो फ्लाइट सन् १९२८मा भएको थियो। अष्ट्रेलियन सैन्य पाइलट तथा अन्वेषक जर्ज हुबर्ट लिकिन्सले लकहिद भेगा १ मोनोप्लेन अवतरण गरेको सिएनएनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?