हालै बेलायतका किसानहरूले गाईको गोबरबाट बिजुली उत्पादन गरेर एउट महत्वपूर्ण काम गरेका छन् । ती किसानहरूको एक समूहले गाईको गोबरबाट पाउडर तयार पारी त्यसबाट ब्याट्री उत्पादन गरेका छन् ।+
ती किसानहलरूले एक किलोग्राम गोबरबाट लगातार पाँच घण्टासम्म भ्याकुम क्लिनर चलाउन सकिने बिजुली उत्पादन गर्न सफल भएका छन् ।
यो अद्भूत काम बेलायतको आर्ला डेरीले गरेको हो । काउ प्याट्री नाम राखिएको उक्त ब्याट्री एक किसानको स्वामित्वको डेरीले गोबरको पाउडर बनाएर तयार पारेको हो । सो ब्याट्री AA आकारको रहेको छ भने त्यस ब्याट्रीबाट साढे तीन घण्टासम्म लगातार कपडामा आइरन लगाउन पुग्दछ ।
वर्षभरीलाई ३ घरमा पर्याप्त बिजुली पु¥याउन एउटा गाईको गोबर पर्याप्त छ, ब्याट्री उत्पादक कम्पनी GP Batteries को दाबी छ । यसरी हेर्दा ४ लाख ६० हजार गाईको गोबरबाट १२ लाख घरमा विद्युतआपूर्ति गर्न सकिन्छ ।
अर्ला डेरीमा अधिकांस कार्यका लागि गोबरबाट उत्पादित बिजुलीको प्रयोग गर्न थालिएको छ । त्यस्तै बिजुली उत्पादन बाहेको फोहोरलाई मलखादको रुपमा प्रयोग गरिन्छ । रिपोर्ट अनुसार उक्त डेरीको स्वामित्वमा करीब ४ लाख ६० हजार गाई छन् । जसको गोबरलाई सुकाएर पाउडर तयार गरिन्छ र त्यसबाट ऊर्जा उत्पादन गरिन्छ ।
यो नयाँ आविष्कारलाई उर्जाक्षेत्रको एक महत्वपूर्ण उपलब्धीको रुपमा लिन सकिन्छ ।
– एजेन्सीको सहयोगमा



