काठमाडौं, २२ असोज । शुक्रबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला २ सयले बढेर ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार छापावाला सुन तोला ९० हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रहेको छ ।
त्यसैगरी शुक्रबार चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला ११७० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।




