काठमाडौँ, २१ असोज । नेपालमा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१० हजार ६७२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९११ जना निको भएका छन् । संक्रमितमध्ये हालसम्म ७ लाख ७३ हजार जना निको भएको छ ।
हाल देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २०० जनाको मृत्यु भएको छ ।




