पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध, पहिरो पन्छाउने काम जारी

`

     २०७८ आश्विन २१ गते ९:५२

काठमाडौँ, २१ असोज । गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छिमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए ।

यातायात अवरुद्ध हुँदा दशैँका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्घ भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?