काठमाडौँ, २१ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको जिकिर गर्नु भएको छ ।
बिहीबार एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा स्वागत गर्दै उहाँले यस्तो दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘केपी ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेका छन्, च्यूत भइसकेको अब औपचारिक दिन हेर्नमात्रै बाँकी छ, त्यहाँ कुनै सामुहिक छलफल छैन, त्यो एउटा व्यक्तिको प्रालिको रुपमा रुपान्तरित हुन थालेको छ । ’
नेपालले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गर्नुभयो ।




