काठमाडौँ, २१ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीछडिएको समुदाय र समावेशी सहभागिताको प्रयासलाई अझै जोड दिएको दावी गर्नुभएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमा बोल्दै उहाँले भन्नुभयो, ‘उत्पीडित समुदाय र विशेष गरी महिलालाई अगाडि ल्याउन हामीले नयाँ प्रयास गरेका छौँ।’
(नेकपा) माओवादी केन्द्रले बुधबार थप मन्त्रीहरुको नाम टुंगो लगाएको छ। माओवादी केन्द्रले ३ मन्त्री महिलालाई बनाउने भएको छ ।
वर्तमान सरकारमान माआवादी केन्द्रले पाउने ६ मन्त्रालयमध्ये ३ जना महिला पठाउने भएको हो । यअघि उर्जामन्त्रीमा पम्फा भूसाललाई पठाएको छ भने नयाँ मन्त्रीका रुपमा शीशी श्रष्ठ र बोधमाया यादवलाई पठाउने माओवादीले निर्णय गरेको छ ।




