काठमाडौँ, १९ असोज । यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ३ वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।
मंगलबार रोयल स्वीडिस एकेडेमी साइन्सका महासचिव गोरान हन्सनले जापानका स्युकुरो मानाबे, जर्मनीका क्लाउस हासेलमन र इटलीका गियोर्जियो परिसीलाई आधा गरी भौतिकशास्त्रको नोबेल पुरस्कार दिने निर्णय भएको घोषणा गरेका हुन् ।
मानाबे र क्लाउसलाई उनीहरुको पृथ्वीको जलवायु भौतिक मोडलिङबारे गरेको अध्ययन र पारिसीलाई आणविकदेखि आकाशीय पिण्डसम्मको भौतिक प्रणालीको गडबढीबारे गरेको अध्ययनका लागि नोबेल पुरस्कार दिने घोषणा गरिएको हो ।




