काठमाडौँ, १९ असोज । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ पुगेको हो ।
सोमबार बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ८९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेदै गत सोमबार कै मुल्यमा १ हजार १६० रुपैयाँमा कारोबार हुँदै छ ।




