अमेरिकी राजदूत र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता

`

     २०७८ आश्विन १८ गते ८:१९

काठमाडौँ, १८ असोज । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् ।

उक्त अवसरमा मन्त्री खड्काले राजदूत बेरीलाई नेपालको विकासमा पहल र कोरोना भाइरसविरुद्ध सहयोग गरेकोमा अमेरिकी सरकार र जनतालाई धन्यवाद व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त अवसरमा द्विपक्षीय सम्बन्धका विषय र बहुपक्षीय संलग्नताका सम्बन्धमा समेत कुराकानी भएको थियो ।

राजदूत बेरी मन्त्री खड्कालाई भेट्न सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर खड्कालाइ मन्त्रीमा नियुक्त भएको बधाईसमेत दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?