जापानको प्रधानमन्त्रीमा फुमियो किशिदा, सोमवार नै कार्यभार सम्हाले

`

     २०७८ आश्विन १८ गते ६:३५

काठमाडौँ, १८ असोज । फुमियो किशिदा जापानका प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

सोमबार सदनमा बहुमत पाएपछि उनी जापानका १०० औं प्रधानमन्त्री बनेका हुन्। उनले सोमवार नै कार्यभार सम्हालेका छन्।

६४ वर्षीय किशिदाले जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)मा भएको चुनावमा जितेका थिए। गत बुधबार भएको पार्टीको चुनावमा किशिदाले २५७ मत पाएका थिए। उनले खोप मन्त्रीसमेत रहेका तारो कोनोलाई हराए। उनले जम्मा १७० मत मात्रै ल्याएका थिए।

जापानमा एलपिडीको नेतृत्वको चुनाव जित्ने नेता प्रधानमन्त्री बन्ने गरेका छन्, किनभने सदनमा पार्टीको बहुमत छ।

अब किशिदाले कोरोना महामारीले अर्थतन्त्रमा पुर्‍याएको असर र उत्तर कोरियाको धम्की लगायतका कठिन मुद्दाहरू झेल्नुपर्ने बिबिसीले जनाएको छ।

अब नोभेम्बरमा हुने आमनिर्वाचनमा किशिदाले एलडिपीको नेतृत्व गर्नेछन्। किशिदाले गत वर्ष पार्टीभित्र भएको चुनावमा पनि उनले भाग लिएका थिए। तर उनी सुगासँग पराजित भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?