काठमाडौँ, १८ असोज । भारतीय नेशनल काँग्रेसकी महासचिव प्रियंका गान्धीलाई उतर प्रदेश प्रहरीले हिरासतमा लिएको छ ।
प्रियंकालाई प्रहरीले उत्तर प्रदेशको लखिमपुर् खिरी जाने क्रममा सितापुरमा हिरासतमा लिएको हो । त्यसअघि प्रहरीको प्रियंकासहित काँग्रेस कार्यकर्तासंग धक्का मुक्की भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
लिखिमपुर खिरीमा आइतबार उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यको एक कार्यक्रममा विरोध प्रदर्शनका क्रममा भएको हिंसामा ५ जनाको मृत्यु भएको थियो । किसानहरुले गरेको विरोध प्रदर्शनमा केन्द्रिय राज्यमन्त्री अजयकुमार मिश्रका छोराले गोली चलाएको आरोप लगाइएको छ । किसानहरुले एक घाइते युवा प्रहरीलाई दिएको तर पछि प्रहरीले युवाको शव दिएको आरोप लगाउदै मन्त्रीका छोराले गोली हानेर मारेको आरोप लगाएका छन् ।
प्रियंका गान्धी मृतक किसानका परिवारलाई भेट्न जानेक्रममा प्रहरीले रोकेको हो ।




