नेपालमा थप ६७९ संक्रमित, ७ जनाको मृत्यु

`

     २०७८ आश्विन १७ गते ११:०६

काठमाडौँ, १७ असोज । नेपालमा थप ६७९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५७४ र एन्टीजेन परिक्षणबाट १०५ गरि कुल ६७९ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४०५ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ८०४ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?