काठमाडौँ, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु माथि चौतर्फी हमला भइरहेको बताएको छ ।
महाधिवेशन प्रतिनिधिहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ । हाम्रो विचारमाथि हमला भएको छ, संगठनमाथि हमला भएको छ । अनि नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिए रे, झण्डा देखिए रे, अलिक तामझाम देखियो रे, नेतृत्वको समर्थनमा कार्यकर्ता बोलेको देखियो रे ।’
पार्टीको पहिलो विधान महाधिवेशन ओलीमय भएको, पार्टीको साटो व्यक्तिलाई प्रथमिकता पाएको भन्दै आलोचना भइरहेका बेला ओलीले भने यसलाई विरोधीहरुको हमलाको संज्ञा दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु व्यक्तपूजक नभएको बताएका छन् ।




