प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

`

     २०७८ आश्विन १३ गते ६:०५

काठमाडौँ, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

उक्त भेटमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको जानकारी आएको छ । माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा गर्नुभएको हो ।

सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे पेरिसडाँडामा बस्दै छ ।

गत असार २९ गते प्रधानमन्त्री बन्नु भएको देउवाले अझैसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?