काठमाडौँ, १० असोज । नेपालमा थप ८३४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ७३० र एन्टीजेन परिक्षणबाट १०४ गरि कुल ८३४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२७९ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार १४२ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।




