काठमाडौँ, १० असोज । रुसले तत्काल अफगानिस्तानको तालिबान सरकारलाई मान्यता नदिने भएको छ । रुसका विदेशमन्त्री सर्गेई लवरोफले तालिबान सरकारलाई मान्यता दिने विषय अहिले विचाराधीन समेत नरहेको टिप्पणी गरेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार विदेशमन्त्री सर्गेईले संयुक्त राष्ट्रसंघको महासभामा यस्तो धारणा राखेका हुन् ।
विदेशमन्त्री सर्गेईले भनेका छन् ‘तालिबानलाई अन्तर्राष्ट्रिय मान्यताको प्रश्न अहिलेलाई विचाराधीन छैन ।,
तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि चीन, रुस, कतार र पाकिस्तान जस्ता देशहरुले तालिबानप्रति नरम प्रतिक्रिया दिदै आएका छन् ।
रुस चीनसँगै संयुक्त राष्ट्रसंघको क्रेडन्सियल कमिटीमा रहेका छन्, जसले तालिबानलाई संयुक्त राष्ट्रसंघमा मान्यता दिने या नदिने विषयमा फैसला गर्ने छ ।




