२२ जनवारीमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका तीन जना अमेरिकीको ज्यान समेत गएको थियो ।

वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ। हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन् ।

advertisement

सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत चार दिनमा त्यहाँ झन्डै ४०० मिलिमिटर पानी परेको छ। अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी पनि मैसमविद्हरूले दिएका छन् ।

" /> अस्ट्रेलियाको सिड्नीमा भीषण वर्षा, डढेलो निभ्यो - Sarbocha Media

अस्ट्रेलियाको सिड्नीमा भीषण वर्षा, डढेलो निभ्यो

`

     २०७६ माघ २७ गते ५:३०

एजेन्सी, २७ माघ । अस्ट्रेलियाको सिड्नीमा भीषण वर्षा भएको छ । पानी परेपछि करिब पाँच महिनाअघिदेखि न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ ।

डढेलोले करिब ५०० हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३१२ वटा घर नष्ट गरिदिएको थियो । दुई दशककै सबैभन्दा भयानक र खतरनाक डढेलोका कारण ३३ जनाको मृत्यु र करिब ५० करोडभन्दा बढी पशुपंक्षीको मृत्यु भएको बताइएको छ ।

गत सेप्टेम्बरदेखि फैलिएको डढेलो राजधानी सहर क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि ‘आपतकाल’ घोषणा समेत गरिएको थियो । बस्तीहरु, बासिन्दा, घरपालुवा पशुपन्छी , सार्बजनिक तथा निजी सम्पत्तिहरु डढेलोबाट बचाउन त्यहाँका सबै सरकारी तथा गैरसरकारी निकायहरु चुस्त स्वयमसेवाका साथ लागिपरेका थिए ।

२२ जनवारीमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका तीन जना अमेरिकीको ज्यान समेत गएको थियो ।

वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ। हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन् ।

advertisement

सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत चार दिनमा त्यहाँ झन्डै ४०० मिलिमिटर पानी परेको छ। अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी पनि मैसमविद्हरूले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?