हेटौंडामा १७५ केजी गाँजाहित २ जना पक्राउ

`

     २०७८ आश्विन ०७ गते १०:४६

काठमाडौँ, असोज । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकसय ७५ केजी गाँजा र ट्रकसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा मकवानपुर प्रहरी प्रमुख उपरीक्षक सोमेन्द्रसिं राठौरको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौंडा–११, थानाभर्‍याङस्थित पूर्वपश्चिम राजमार्ग नजिकै ग्यारेजमा मर्मत गरिरहेको अवस्थामा गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

मकवानपुरको पालुङबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको ना.३ ख ५९५० नम्बरको ट्रक बिग्रेर उक्त स्थानमा मर्मत भइरहेको थियो । प्रहरीले ट्रकलाई जाँच गर्दा फल्स बटम बनाइ लुकाएर ल्याएको गाँजा फेला परेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?