advertisement

धेरै राष्ट्रले आफ्ना देशका नागरिकलाई हुेबईबाट फिर्ता लगिसकेका छन् भने मुख्य एयरलाइन्सले चीनमा आफ्नो सेवालाई तत्कालका लागि बन्द गरेको छ ।

चीनको वुहानबाट सुरु भएको भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ ।

" /> चीनमा कोरोना भाइरसबाट ज्यान जानेको सङ्ख्या ९ सय ८ पुग्याे - Sarbocha Media

चीनमा कोरोना भाइरसबाट ज्यान जानेको सङ्ख्या ९ सय ८ पुग्याे

`

     २०७६ माघ २७ गते ४:३८

काठमाडौं, २७ माघ । चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या ९ सय ८ पुगेको छ ।

ज्यान गुमाउने अधिकांश वुहान र हुबेई प्रान्त आसपासका रहेका बताइएको छ। भाइरसबाट देशभर हालसम्म ४० हजार १ सय ७१ जना प्रभावित भएका छन् । अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण विश्वका २५ देशमा फैलिएको पुष्टि भएको छ ।

advertisement

धेरै राष्ट्रले आफ्ना देशका नागरिकलाई हुेबईबाट फिर्ता लगिसकेका छन् भने मुख्य एयरलाइन्सले चीनमा आफ्नो सेवालाई तत्कालका लागि बन्द गरेको छ ।

चीनको वुहानबाट सुरु भएको भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?