१३३० जनामा कोरोना पुष्टि, ५ को मृत्यु

`

     २०७८ आश्विन ०५ गते १०:४५

काठमाडौँ, ५ असोज । नेपालमा थप १३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९९६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७५ हजार ९५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १८३० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५४ हजार पुगेको छ ।

मन्त्रालयका अनुसार थप ५ संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?