रुसमा पुटिनको पार्टीलाई बहुमतसहितको जित

`

     २०७८ आश्विन ०५ गते ८:०७

काठमाडौँ, ५ असोज । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी युनाइटेड रसिया पार्टीले संसदीय निर्वाचनमा बहुमत हात पारेको छ ।

यद्यपि अघिल्लो निर्वाचनको तुलनामा समर्थनमा भने कमी आएको छ ।

संसदीय निर्वाचनमा सबैजसो मतगणना सकिएको । यो क्रममा युनाइटेड रसिया पार्टीले करिब ५० प्रतिशत मत हासिल गरेको छ । गत निर्वाचनमा यो पार्टीले ५४ प्रतिशत मत पाएको थियो ।

राष्ट्रपति पुटिनका कट्टर आलोचकले यो निर्वाचनमा भाग लिएका थिएनन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा दोस्रो हुने कम्युनिष्ट पार्टीले करिब १९ प्रतिशत भोट पाएको छ ।

रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीले पुटिनमाथि लगाएको भ्रष्टाचारको आरोपको कारण पुटिनको लोकप्रियतामा कमी आएको देखिएको हो । यद्यपि पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको डटेर सामना गरेको भन्दै अझै पनि धेरै मानिसहरु पुटिनको पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?