आम निर्वाचनमा क्यानडाका प्रधानमन्त्री ट्रूडो विजयी , बहुमतबाट १४ सिटले चुके

`

     २०७८ आश्विन ०५ गते ६:११

काठमाडौँ, ५ असोज । क्यानाडामा भएको आम निर्वाचनमा प्रधानमन्त्री जस्टिन ट्रूडोले जित हासिल गरेपनि बहुमत पाउँ भने असफल भएका छन् ।

प्रधानमन्त्री ट्रूडोको लिबरल पार्टीले ३३८ सदस्यीय हाउस अफ कमनमा १५६ सिटमा जित हासिल गर्दै ठुलो पार्टीको रुपमा रहेको छ । लिबरल पार्टीले अघिल्लो निर्वाचनमा १५५ स्थानमा जितेको थियो । सरकारलाई बहुमत हासिल गर्न १७० सिटको आवश्यकता पर्दछ ।

ठुलो दलको रुपमा ट्रूडोनै क्यानाडाको सरकारको नेतृत्वमा रहेपनि बहुमतको सरकार बनाउन मध्यावधि निर्वाचन गराएको उनको अभियान भने असफल भएको छ ।

ट्रूडो २०१५ देखि क्यानाडाको प्रधानमन्त्री रहेका छन् ।

त्यस्तै ट्रूडोलाई कडा टक्कर दिने अनुमान गरिएको कन्जरभेटिभ पार्टीले १२१ सिटमा जित हासिल गरेको छ । कन्जरभेटिभले अघिल्लो निर्वाचनमा११९ सिट जितेको थियो ।

त्यस्तै ब्लक क्यूबेकोइस पार्टीले ३२ सिटमा जित हासिल गरेको छ भने जगमीत सिंहले नेतृत्व गरेको न्यू डेमोक्रेटिक पार्टीले २७ सिटमा जित हासिल गरेको छ । त्यसै गरि ग्रीन पार्टीले २ सिटमा जित हासिल गरेको छ ।

अल्पमतको सरकारको नेतृत्व गरिरहेका ट्रूडोको सरकार ढल्ने खतरा नहुदा पनि देशलाई निर्वाचनमा लागेको भन्दै उनको कडा आलोचना भएको थियो । तर निर्वाचनबाट पनि उस्तै नतिजा आएपछि ट्रूडोले फेरी पनि अल्पमतकै सरकार संचालन गर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?